सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप : महिलातर्फ एपीएफ र आर्मी फाइनलमा

टाइगरकप : महिलातर्फ एपीएफ र आर्मी फाइनलमा


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७९, शुक्रबार

पोखरा/ पोखरा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलको महिला टोली पोखरा रंगशालामा जारी तेस्रो टाइगरकप महिला÷पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ लगातार फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेट १३–२५ को हार व्यहोरेको गण्डकी दोस्रो सेटमा १७–२५ मा समेटियो । तेस्रो सेटको एक समय गण्डकीले १३–८ को स्थिति बनाएको थियो । पाँच अंकको फरक परेको एपीएफले एकाएक अंक बटुल्दै १४–१४ को स्थितिमा पु¥यायो । त्यसपछि भने एपीएफ अघि बढ्दै २५–२१ ले जित आफ्नो पक्षमा पा¥यो । यसअघि लिग चरणमा समेत एपीएफले गण्डकी माथि ३–० को सहज जित निकालेको थियो । जारी प्रतियोगिताका ४ खेलमा सहभागिता जनाएको गण्डकीले कुनै पनि खेल जित्न सकेन । यसअघि पहिलो र दोस्रो संस्करणमा गण्डकी लिग चरणबाटै बाहिरिएको थियो ।

उता, अत्यन्तै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनल खेलमा आर्मीले न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको छ । निकै रोमाञ्चक बनेको पहिलो सेटमा आर्मीले अग्रता कायम गरेपनि डायमण्डले लय समात्दै २५–२३ को जित हासिल ग¥यो । पहिलो सेटमा हार व्यहोरेको आर्मीले दोस्रो सेट २५–१३ को सहज स्थितिले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट २५–२२ ले आर्मीको पक्षमा रह्यो । चौथो सेटमा आर्मीले २५–१२ को जित निकाल्दै एपिएफसँगको भेट पक्का ग¥यो । महिला तर्फ आज गण्डकी र न्यू डायमण्डबीच तेस्रो स्थानका लागि खेल हँदैछ ।

पुरुषतर्फको सेमिफाइन आज

उता, पुरुषतर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा त्रिभुवन आर्मीको सामाना गर्ने भएको छ । राउन्ड रोविन लिग चरणको अन्तिम खेलमा गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो स्थानमा रह्यो । पहिलो सेट २६–२४ ले जितेको गण्डकीले दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्यो । तेस्रो सेट भने निकै रोमाञ्चक रह्यो । सुरुवातदेखि नै अग्रता गुमाएको गण्डकीले २०–२२ को स्थितिलाई उल्टाएर २५–२३ को जित निकालेको हो ।

जितसँगै चार खेलबाट ८ अंकसहित गण्डकी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । जितविहीन पाहुना टोली सेन्ट जोसेफ लिग चरणबाटै बाहिरिएको छ । चार खेलबाट एक अंक रहेको पाहुना टोली तालिकाको पुछारमा रहँदै बाहिरिएको हो । पाहुना टोली बाहिरिँदा नेपाल पुलिस क्लबलाई फाइदा भएको छ । श्रीलंकन टोली बाहिरिँदा पुलिस अन्तिम चारमा सुरक्षित भएको थियो ।

बिहीबार नै सम्पन्न लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा गण्डकीसँगको भेट पक्का गरेको हो । आर्मीले २५–१७, २५–१९ र २५–२३ ले हराउँदै तालिकाको तेस्रो स्थानमा रह्यो । आर्मीको कुल चार खेलबाट ७ अंक रहेको छ । पुलिसको भने चार खेलबाट २ अंक रह्यो । पुलिसले अब फाइनल प्रवेशका लागि निकै लयमा रहेको एपीएफको सामना गर्नेछ ।

आर्मी र गण्डकीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । पहिलो संस्करणदेखि नै यी दुई टिमको खेल हेर्न लायक रहँदै आएको छ । पहिलो संस्करणमा आर्मीलाई हराउँदै गण्डकीले उपाधि चुमेको थियो । यस्तै लागि प्रतियोगिताको लिग चरणमा समेत यी दुईबीचको खेल निकै रोमाञ्चक बनेको थियो । उक्त खेलमा गण्डकीले आर्मीलाई ३–२ को सेटमा हराउँदै महत्वपूर्ण दुई अंक जोड्न सफल भएको थियो ।

आजको खेल
महिलातर्फ
तेस्रो स्थानका लागि गण्डकीविरुद्ध न्यू डायमण्ड
पुरुषतर्फ
एपीएफविरुद्ध पुलिस
गण्डकीविरुद्ध आर्मी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->