सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा नियमित माविस्तरीय भलिबल

म्याग्दीमा नियमित माविस्तरीय भलिबल


  • Dhorpatan News
  • माघ १६ २०७९, सोमबार

बेनी/ म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० वर्षे सम्झौता गरिएको छ । आइतबार भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सोही अवसरमा भलिबल संघका अध्यक्ष बानियाँले विद्यालयस्तरमा रहेका भलिबलका प्रतिभाको पहिचानसँगै नियमित प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने गरी कोषले वार्षिक २ लाख नगद उपलब्ध गराउने बताए । ‘खेलकुद क्षेत्रमा गरिएको सानो लगानीले ठूलो सफलता हात पार्छ, भलिबलमा गरिएको लगानी हामीले डुब्न दिन्नाँै’, अध्यक्ष बानियाँले भने । उनले आगामी वर्ष पुस ५ गते जिल्लास्तरीय प्रतियोगिता हुने बताए ।

प्रतियोगितामा सहभागी हुने विद्यालयको छनोटसहित प्रतियोगितामा सहभागी हुनेलाई नियमित प्रशिक्षण सहितको योजना रहेको बताए ।हरेक विद्यालयबाट खेलाडीको छनौट गरी प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए । सोही अवसरमा आर्थिक सहयोगदाता कोषका संस्थापक अध्यक्ष एवम् पूर्व भलिबल खेलाडी केसीले विद्यार्थीलाई हौसला र उत्प्रेरणा दिन सहयोग गरेको बताए । ‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहान्छौँ,आवश्यकता अनुसार थप सहयोग गर्नेछौँ’ उनले भने ।

खेल क्षेत्रमा गरिएको यो लगानीले म्याग्दीको भलिबल क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने बताए । म्याग्दीको ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकाले नियमित प्रतियोगिताले खेलाडी उत्पादन हुने बताए । जिल्लामा म्याग्दी जेसीजले अन्तरमाविस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने गरेकोमा अव भलिबल संघले समेत माविस्तरीय प्रतियोगिता सुरु गरेपछि फुटबलजस्तै भलिबलमा समेत प्रतिभाको पहिचानमा सहज हुने खेलकुदका जानकारहरु बताउँछन् । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->