सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हसान गण्डकी फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक

हसान गण्डकी फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७९, शनिबार

पोखरा/ फागुन ७ देखि पोखरामा सुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । तीनदिने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् ।

सार्वजनीक भएको खेल तालिका अनुसार माउन्ट अन्नपुर्ण र कास्की मोडनाइज्डले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने छन् । दोस्रो खेल सृजना स्कुल र जेसिएबीच हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

पहिलो दिनको तेस्रो खेल बालविकास र चिल्डेन लाइफबीच तथा चौथो खेल सगरमाथा बी र गैंडाकोट नमूना स्कुलबीच हुनेछ । पहिलो दिनको अन्तिम खेल लिटिल स्टेप मावि पोखरा र फ्युचर ब्राइट स्कुल बाग्लुङकाबीच हुने पराजुलीले बताए । सगरमाथा ए, करुणानिधी फाउन्डेसन र द वल्र्ड क्यापिटलले बाइ पाएका छन् ।

दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने छन् भने तेस्रो दिन सेमीफाइनलका २ खेल हुनेछ । फागुन १० गते फाइनल हुनेछ ।
कास्कीबाट ८, बागलुङबाट २, नवलपुरबाट २ र गोरखाबाट १ गरी १३ टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

टेनिस टोली श्रीलंकातर्फ

श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ ।

प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ जना छात्र र २ जना छात्रा रहेका छन् । टोलीमा पोखराका सृजन भट्टराई, आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान रहेका छन् ।उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले विदाई गरिन् । श्रीलंकाको कोलम्बोमा फेब्रअरी २० देखी २५ सम्म संचालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->