पोखरा/ हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ ।
अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकीलो अन्तरले हरायो ।
तेस्रो खेलमा कास्की च्याम्पियन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथ र चिल्डेन लाइफ बागलुङबीचको खेल निकै रोमाच्क बन्यो । जुनियर सिटिजन एकेडेमीले चिल्डन लाइफ बागलुङलाई ५–३ गोल अन्तरले हरायो ।
अन्तिम खेलमा सगरमाथा बि ले करुणानिधी एजुकेसन फाउन्डेसन (केफ)लाई फराकिलो अन्तरले हरायो । सगरमाथाले केफलाई ६–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रबेश ग¥यो । मंगलबार सेमिफाइनलका दुई खेल हुने प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगल बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने छन् ।





