पोखरा/ फ्युचर ब्राइटर बाग्लुङ र कास्की मोडनाइज पोखरामा जारी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्युचर ब्राइटर बागलुङले कास्की च्याम्पियन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ३–० गोल हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइलन खेलमा कास्की मोर्डनाइज्डले सगरमाथा बि लाई ३–२ गोल अन्तरले हराउदै फाइनलमा प्रवेश ग¥यो । हिसान गण्डकीको आयोजना तथा प्रतियोगिताको व्यवस्थापन सबिन ममोरियल क्लब पोखराले गरेको छ ।





