सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बुधबारदेखि बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता

बुधबारदेखि बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

बेनी /सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

म्याग्दीमा पहिलोपटक १० दिनसम्म संचालन हुने आमन्त्रित म्याग्दी जिल्ला लिग फुटवल प्रतियोगिताको खेलमैदान ब्यवस्थापन, खेलकुद सामाग्री, प्रचारप्रचार, पुरस्कार, ट्रफी र अफिसियल रेफ्री लगायतको तयारी पूरा भएको म्याग्दी कप ब्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीले बताए । १० क्लवको सहभागिता हुने प्रतियोगिताको बुधबार प्रभातफेरी गर्दै खुल्लामञ्चमा सुरु हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली उपस्थितमा गरिने संयोजक सुवेदीले बताए ।

जिल्लामा पहिलो पटक हुन लागेको लिग फुटवल प्रतियोगितामा सहभागी १० क्लवलाई दुई समुहमा विभाजन गरेर लिग फटुबल सुरु गरिने जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । प्रतियोगितामा समुहबाट विजेता र उपविजेता सेमिफाईनलमा प्रवेश गर्ने छन् । सेमिफाईनलमा समूह ए को विजेता र समुह बी को उपविजेता र समुह बी को विजेता र समुह ए को उपविजेता विच प्रतिस्पर्धा हुने प्रतियोगिता संचालनका सल्लाहकार कृष्णकुमार विश्वकर्माले बताए ।

म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जानकारी दिनुभएको छ । लिग फुटवल प्रतियोगितामा अनुशासित क्लव र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ । लिग फुटवल प्रतियोगिता आयोजनाले जिल्लामा एन्फा निर्माणका लागि सहयोग पुग्ने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायत विभिन्न क्लवका खेलाडीको उपस्थि रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->