सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा स्पोर्ट्स अवार्डको लागि विभिन्न उपसमिति गठन

पोखरा स्पोर्ट्स अवार्डको लागि विभिन्न उपसमिति गठन


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७९, आइतबार

पोखरा/ सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मुल आयोजक समितिको संयोजकको जिम्मेवारी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्ष दीननाथ बराललाई तोकिएको छ । शनिबार भएको भेलाले मञ्चका महासचिव राजाराम पौडेललाई मुल आयोजक समितिको सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिको संयोजक समेत भेलाले चयन गरेको छ ।

जस अनुसार मुल्याकंन तथा अनुगमन उपसमिति संयोजकमा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक, अतिथि सत्कार उपसमिति संयोजकमा मञ्चका निर्वतमान अध्यक्ष एकराज गिरी, संघ संस्था समन्वय उपसमिति संयोजकमा मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, प्रचार प्रसार तथा सांस्कृतिक उपसमिति संयोजकमा मञ्चका महासचिव राजाराम पौडेल, स्वमसेवक परिचालन तथा निमन्त्रणा व्यवस्थापन उपसमिति संयोजकमा मञ्चका सचिव शशी कुमार पौडेल, आर्थिक संकलन उपसमिति संयोजकमा मञ्चका कोषाध्यक्ष कविता घर्ती मगर, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मञ्चका सदस्य एम बि आस्था मगर, फोटोग्राफी तथा भिडियोग्राफी उपसमिति संयोजकमा मञ्चका सदस्य उमेश पुन र क्विक रेसपोन्स उपसमिति संयोजकमा मञ्चका सदस्य राजु गिरीलाई चयन गरिएको छ ।

सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->