सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२०७९ मा खेलकुद : गण्डकीको ऐतिहासिक जित

२०७९ मा खेलकुद : गण्डकीको ऐतिहासिक जित


  • विजय नेपाली
  • बैशाख १ २०८०, शुक्रबार

पोखरा/राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण गण्डकी प्रदेशले आयोजना गर्ने मौका पायो । ३९ वर्षपछि गण्डकीमा भएको खेलकुदमा गण्डकी समग्रमा चौथो स्थानमा रहे पनि प्रदेशतर्फ भने पहिलो रह्यो । जुन गण्डकीको ऐतिहासिक जित मान्नुपर्छ । गण्डकी प्रदेशले बागमति प्रदेशलाई उछिनेको यो नै पहिलो हो । नेपाल आर्मी च्याम्पियन बन्यो । पोखरामा भएको राष्ट्रिय खेलकुदको मेलामा आर्मीले १७२ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो । आर्मीले १ सय ७२ स्वर्णसहित १ सय ९ रजत ८९ कास्य पदक जित्यो । ६४ स्वर्ण ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक सहित शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदकसहित नेपाल प्रहरी क्लव तेश्रो भयो ।
गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १ सय २० पदक सहित समग्रमा चौथो भयो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदक सहित पाँचौं स्थानमा रहेको छ ।

प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य सदकसहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदकसहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ । मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेश प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जित्यो ।

नवौंमा घटेका घटना, पहिलो पटक डोपिङ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान खेलाडीको मृत्यु भयो । प्याराग्लाइडिङमा त्रिभुवन आर्मी क्लबको तर्फबाट सहभागी खेलाडी निसिम थापाको प्याराग्लाइडिङ दुर्घटनामा परि मृत्यु भएको हो । यस्ते नवौंमा ११ टिमले सहभागिता जनाउँदा ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरे । नवौंमा करिब सात सय खेलाडी घाइते भए । ४ जनाको सघन उपचार नै गर्नुप¥यो । खेलाडीमा डेंगु समेत देखियो । एनआरएनका खेलाडीमाथि प्रोटेस्ट प¥यो । यस्तै नेपाली खेलकुद इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक एन्टी डोपिङ परीक्षण गरिएको हो । विभिन्न खेलका ४० जना खेलाडीको एन्टी डोपिङ परीक्षण गरिराएका थिए ।

मेस्सीले सफलता हासिल गरेको वर्ष

फिफा विश्वकपमा मेस्सी सफल कप्तान सावित भए । मेस्सीले अर्जेन्टिनालाई च्याम्पियन बनाउँदै सर्वकालिन महान खेलाडीको रुपमा परिचित भए । मेस्सीको कप्तानीमा खेलेको अर्जेन्टिनाले दशकौ पछि उपाधि उचालेको हो । अर्जेन्टिना तेस्रो पटक विश्वकप च्याम्पियन बन्न सफल रह्यो ।

फुटबलका लिजेन्ड पेलेको निधन

फुटबलका लिजेन्ड पेलेको मंसिरमा निधन भयो । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
२१ वर्ष फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका थिए । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् ।
१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए ।

नेपाली क्रिकेटको विश्वकप वर्ष

२०७९ सालको सुरुवाति समय नेपाली क्रिकेटका लागि फलदायी नभएपनि सालको अन्त्यतिर भने फलदायी नै रह्यो । नेपालको यु–१९ क्रिकेट टोलीले विश्वकप खेल्दैछ । यु–१९ले विशवकप खेल्दै गर्दा सिनियर टोलीले पनि ऐतिहासिक जितसंगै पहिलो पटक सोझै विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।
खेलाडी पलायन वर्ष
हरेक वर्ष झै २०७९ सालमा पनि खेलाडीहरु वैदेशिक रोजगारमा जाने क्रम रोकिएन । विशेषगरी २०७९ सालमा फुटबल खेल बढी चर्चामा रह्यो । अन्य खेलका भन्दा फुटबलका खेलाडी बढी विदेश गए । एक वर्षमा फुटबलका दुई दर्जन बढी, भलिबलका एक दर्जन खेलाडी विदेशिए ।
करणी आरोपमा क्रिकेटर सन्दीप पक्राउ
क्रिकेटर सन्दीप लामिछाने जवरजस्ती करणी आरोपमा पक्राउ परे । नाबालिगलाई जबर्जस्तीकरण गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघले निलम्बन गरेको थियो । पक्राउ परेका लामिछाने धरौटीमा छुटेका थिए । उनलाई क्यानले निलम्बन फुकुवा समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->