पोखरा/ मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
पोखरामा सोमबार सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन् ।
कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल, बुद्घ सिंह, रमेश भण्डारी, प्रविण रानाभाट, प्रेम बहादुर भुजेल, बेल बहादुर गुरुङ, सुन्दर श्रेष्ठ, कुशल राना, फणिन्द्र तिमिल्सिना, विशाल खड्का र महेन्द्र अधिकारी रहेका छन् ।
भेलाले माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा अनिल गुरुङसहित ११ सदस्यिय कमिटि र रुपा गाउँ पालिकाका् अध्यक्षमा सुन्दर श्रेष्ठसहित ९ सदस्यिय कमिटको घोषणा गरेको छ ।
एकेडेमीका गण्डकी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष राजेशकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश पूर्वसांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मी, एकेडेमीका उपाध्यक्षद्वय तेज विक्रम बस्नेत, तुल्सी मैनाली र केन्द्रिय सचिवालय सदस्य कृष्ण तिमिल्सिना, नवनिर्वाचित कास्कीका अध्यक्ष रामजीप्रसाद अधिकारीलगायतले आफ्ना भनाइ राखेका थिए ।





