सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल भारत दृष्टिविहीन टि २० सिरिज आजदेखि

नेपाल भारत दृष्टिविहीन टि २० सिरिज आजदेखि


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८०, मंगलबार

पोखरा/ नेपाल र भारतबीच आजदेखि दृष्टिविहीन टि २० क्रीकेट सिरिज सुरु हुँदैछ । नेत्रहीन क्रिकेट संघको आयोजनामा नेपाल भारत दुईदेशीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज हुन लागेको हो ।

नेत्रहीन क्रिकेट संघले सोमबार पोखरामा पत्रकार सम्मेलनमा बोल्दै महासचिव अमृत बरालले टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको बताए । ‘नेत्रहीन क्रिकेट संघको आयोजनामा प्रतियोगिता आयोजना हुँदैछ,’ महासचिव बरालले भने, ‘मंगलबार र बिहीबार पोखरामा र १५, १६ र १७ गते काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।’

उनका अनुसारको सिरिजको विजेताले ७५ हजार र उपविजेताले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
११ वर्षअघि दृष्टिविहीन क्रीकेट प्रतियोगिताको सुरुवात नेपालबाटै भएको थियो । नेपालले पहिलो पटक दृष्टिविहीन क्रिकेट प्रतियोगिता संचालन गरेको थियो । त्यसपछि विश्वका विभिन्न राष्ट्रले समेत सुरु गरेको छ । नेपालले सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

दृष्टिविहीन खेलाडीहरुले क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ (मध्यम दृष्टि) र बी ३ (न्यून दृष्टि) भएका खेलाडी हुन्छन् ।

नेपाली टोली भगवती भट्टराई बरालको कप्तानीमा र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रने छ । दुवै टोलीका कप्तानले खेल्न आफूहरु तयार रहेको बताए । उनीहरुले आफूहरु पनि खेलकुदमा जोडिएको मात्रै नभइ राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय खेल खेलेको बताए । दुबै कप्तानले खेल निकै रोमाञ्चक हुने बताए ।
नेपालको टिममा कप्तान बराल सहित गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रिता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, विनिता मगर सोमाई, विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला रहेकी छिन् । नेपाली टिम एक महिनादेखि पोखरामा बन्द प्रशिक्षणमा थियो भने २२ सदस्यीय भारतीय टोली सोमबार पोखरा आइपुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->