सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

भलिवल : छात्रतर्फ नवलपुर र छात्रातर्फ कास्की विजयी ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८०, बुधबार

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डमा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो । कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदक जित्दै नगद ३० हजार हात पारेको छ ।

यसैगरी गत वर्षको च्याम्पियन बागलुङ यस पटक भने दोश्रो भएको छ । प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ भने नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदक जित्दै तेश्रो स्थान हात पारेको छ । दोश्रो भएको बागलुङले नगद २० हजार र तेश्रो हुन सफल नवलपुरले नगद १० हजार प्राप्त गरेका छ ।

यता मंगलबार नै सम्पन्न छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तेश्रो भएको छ । त्यस्तै छात्रा भलिबलमा कास्कीले बाजी मारेको छ । कास्कीले स्याङजालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तेश्रो भएको छ ।

सम्पन्न एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोश्रो र स्याङजाले ४ स्वर्ण र १ कास्यका साथ तेश्रो भएको छ । कबड्डी छात्रतर्फ कास्की प्रथम भएको छ । कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोर्खा तेश्रो भएका छन् ।

छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङजा तेश्रो भएका छन् । मार्शल आर्ट उशुतर्फ समग्रमा बागलुङले ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोश्रो म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेश्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश : पहिलो, दोश्रो र तेश्रो भए । यस्तै करातेतर्फ म्याग्दी जिल्ला प्रथम भएको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा कुल ६ वटा खेलहरु भएका थिए । जस मध्ये मार्शल आर्टतर्फ छात्र/छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->