सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयनमा बागलुङका पाँच खेलाडी

पोखरा स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयनमा बागलुङका पाँच खेलाडी


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८०, बिहिबार

पोखरा/ सातौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०७९ को ७ विधामध्ये ४ विधाका मनोनयन सार्वजानिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजनामा हुने अवार्डमा बागलुङको बर्चस्व रहेको छ ।

मञ्चले सार्वजानिक गरेको चार विधामध्ये तीन विधामा बागलुङका खेलाडी मनोनयनमा परेका हुन् । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र उदीयमान खेलाडीमा बागलुङका खेलाडीहरु परेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा चार विधामा तिन/तिन खेलाडीको नाम सार्वजनिक गरेको छ । वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदिप खड्का (कास्की) रहेका छन् ।

वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर (बागलुङ),फुटवलकी सावित्रा भण्डारी (लमजुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर (बागलुङ) रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।

उदियमान खेलाडीतर्फ भलिवलका रवि केसी (बागलुङ), फुटवलका सुमित श्रेष्ठ (कास्की) र क्रिकेटका सुवास भण्डारी (बागलुङ) रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ (स्याङजा) , लनटेनिसका निरज थापा (कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार (कास्की) छन् । मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा भने गरेको छैन् ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।अध्यक्ष दिनानाथ बरालले मञ्चले खेलकुदको क्षेत्रमा कलममात्रै नचलाई खेलाडी, प्रशिक्षकका लागि हौसला प्रदान गर्ने उदेश्यका साथ पुरस्कार वितरण गर्दै आइरहेको बताए ।

उनका अनुसार कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र सो खर्च व्यवस्थापनको लागि ३५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । अवार्ड कार्यक्रम यहीं वैशाख २३ गते शनिबार दिउसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत रहने उपाध्यक्ष सुरज श्रेठले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->