पोखरा/ पोखरामा जारी नेपाल भारत द्विपक्षीय टी २० दृष्टिविहीन महिला क्रिकेटको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ । १७३ रनको लक्ष्य पाएको भारतले १४.३ ओभरमा १ विकेटको क्षतिमा ९ विकेटले जित पूरा ग¥यो । भारतका लागि पुला र सिमु दासले उत्कृष्ट इनिङ खेलिन् । बी ३ दृष्टिविहीन पुलाले ६५ रन जोडिन् । बी १ दृष्टिविहीन सिमुले ६६ रनको योगदान दिइन् । बी २ गंगौभाले २२ रन जोडिन् । उनी रन आउट भएकी थिइन् ।
दृष्टिविहीन खेलाडीहरुले क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ (मध्यम दृष्टि) र बी ३ (न्यून दृष्टि) भएका खेलाडी हुन् ।
यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा १७२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि बी १ दृष्टिविहीन सरिता घिमिरेले ४२ बलमा ३ चौकासहित ५६ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
बी ३ दृष्टिविहीन विनिता पुन १८ रन बनाइन् । उनले ११ बलमा १८ रन बनाउँदै रन आउट भइन् । बी २ गीता पौडेल २ रनमा बोल्ड आउट भइन् । माया लंगेली १४ रनमा बोल्ड आउट भइन् । उनले १४ बलमा १ चौका प्रहार गरिन् । बी ३ वृन्दा राईले २९ रन बनाइन् । बी १ मुना अर्याल १४ रनमा आउट भइन् । वि ३ निशा ६ रनमा आउट भइन् । वि २ विनिता पुन २ रनमा, प्रतिभा राई २ तथा रिता थापा १० रनमा आउट भए । उनीहरु सबै रनआउट भएका हुन् । भारतका लागि पुला गंगौभा र सुभद्राले समान एक एक विकेट लिए ।
प्रतियोगिताको बाँकी सिरिज भने वैशाख १५, १६ र १७ काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा हुनेछ । गते प्रतियोगिता हुनेछ । पहिलो खेल नेपालले ८ विकेटले जितेको थियो । सिरिजको विजेताले ७५ हजार र उपविजेताले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
११ वर्षअघि दृष्टिविहिन क्रिकेट प्रतियोगिताको सुरुवात नेपालबाटै भएको थियो । नेपालले पहिलो पटक दृष्टिविहिन क्रिकेट प्रतियोगिता संचालन गरेको थियो । त्यसपछि विश्वका विभिन्न राष्ट्रले समेत सुरु गरेको छ । नेपालले सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो ।





