सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाली क्रिकेटको ऐतिहासिक जीत : एसिया कपका लागि छनोट

नेपाली क्रिकेटको ऐतिहासिक जीत : एसिया कपका लागि छनोट


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८०, मंगलबार

काठमाडौं/ एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको छ । मौसमका कारण सोमबार र मंगलबार गरी दुई दिन भएको उपाधि भिडन्तमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

युएईविरुद्ध १ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि गुल्सन झाले नटआउट ६७ रनको अर्धशतकीय पारी खेल्दा भीम सार्कीले नटआउट ३६ रन बनाए ।

त्यसअघि सोमबार र मंगलबार बिहान भएको फाइनल खेलको पहिलो इनिङ्समा नेपालले युएईलाई ३० दशमलब १ ओभरमा ११७ रनमाअलआउट गरेको थियो । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

योसँगै नेपालले घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि उचालेको छ भने आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसिया कपमा स्थान बनाएको नेपालले समूह एमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह बीमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->