पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो ।
दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएको हो । एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे । अवार्ड वितरणसमारोहमा एनएसजेएफका केन्द्रीय सदस्य निशान राई र एआइपीएस एसियाका कोषाध्यक्ष समेत रहेका एनएसजेएफका पूर्वअध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति रहेको थियो ।





