सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

व्याडमिन्टनमा आज क्वाटर र सेमिफाइनलका खेल

व्याडमिन्टनमा आज क्वाटर र सेमिफाइनलका खेल


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८०, शुक्रबार

पोखरा/ पोखरामा भदे दोश्रो राष्ट्रि«य पोखरा महानगर र मोहन मेमोरियल खुल्ला तथा अन्तर बिद्यालय राष्ट्रि«य व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति र मोहन भुगोल व्याडमिन्टन फाउण्डेसनको संयुक्त आयोजनामा पोखरा रगंशालाको व्याडमिन्टन कोर्टमा जारी उक्त प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो तथा दोश्रो चरणका खेलहरु भएको फाउण्डेसनका अध्यक्ष एवं राष्ट्रिय खेलाडी भूगोल गुरुङले बताए ।

शुक्रबार क्वाटरफाइनल तथा सेमिफाइनलका खेलहरु हुने भएको उनले जनाए । विहिबार भएको माविस्तरीय छात्र एकलतर्फको खेलमा एपेक्स लाइफका सत्याम कार्कीले वाइट माउण्टेनका शिवम श्रेष्ठलाई २१—१९, २१—९ को सोझो सेटमा पराजित गरे । निमाविस्तरीय छात्रा एकलतर्फको खेलमा मैत्रिय पाठशालाकी निभा राईले प्रगती स्कुलकी अंशु परियारलाई २१—३, २१—७ को सोझो सेटमा पराजित गरिन् । अर्को खेलमा लालीगुरास नेश्नलकी अस्मिता खत्रीले कास्की मोडनाइज्डकी खुसी दाहाललाई २१—७, २१—४ को सोझो सेटमा पन्छाइन् । ग्यालेक्सी पव्लिककी रिहाना शेरचनल विद्या बिकासकी आश्ना श्रेष्ठलाई २१—७, २१—३ को सेटमा पराजित गरिन् ।

मावि छात्रा एकलतर्फ मैत्रेय पाठशालाकी निभा राईले लाली गुराँस नेशनलकी अस्मिता खत्रिलाई २१—१७, २१—१८ को सोझो सेटमा पराजित गरिन्् । अर्को खेलमा शुनगाभा एकेडेमीकी निस्था श्रेष्ठले विद्या ज्योतिकी यशोधा रोकालाई २१—१५, २१—१२ को सेटमा पन्छाइन् ।

बालदिक्षा सदनकी तिशारानी शाक्यले विद्या ज्योतिकी शिल्पा शाहीलाई २१—१०, २१—९ को सेटमा पन्छाइन् । अर्को खेलमा सेन्टम्यारीकी दिलाशा रानाले विद्या योतिकै शुभेच्छा खनाललाई २१—१०, २१—६ को सोझो सेटमा पराजित गरिन् । समृद्धि श्रेष्ठले पवित्रा सापकोटालाई २१—९, २१—१६ को सेटमा पन्छाइन् ।

माविस्तरीय छात्रा एकल तर्फको खेलमा लालीगुरास नेश्नलकी अस्मिता खत्रिले गौतम बुद्ध माविकी विपना केसीलाई २१—२, २१—३ को लज्जास्पद रुपमा पराजित गरिन् । निमावि छात्र एकलतर्फको खेलमा क्याम्पियन स्कुलका सुदेश राजकोटीले राष्ट्रिय आर्दश बिद्यालयका युनिक चौधरीलाई २१—१६, २१—८ को सेटमा पन्छाए । त्यसै गरी रोज म्यारी आइडल स्कुलका दियोन भण्डारीले साउथ वेष्टन स्कुलका रोहन गुरुङलाई २१—३, २१—८ को सेटमा पराजित गरे ।

मावि छात्र एकलतर्फ बागमती अल्टरनेटिभका सुविन श्रेष्ठले रोज म्यारी आइडलका दियोन भण्डारीलाई २१—७, २१—१० को सेटमा पराजित गरे । त्यसै गरी ग्यालेक्सी पब्लिकका ऋषव राईले निलकण्ठ माविका अस्विन मगरलाई २१—६, , १४—२१, २४—२२ को कडा प्रतिष्प्रर्धामा पराजित गरे । खैरेनीटार माविका सफल भुजेलले वेष्टप्वाइटका बिदान भण्डारीलाई २१—९, २१—१३ को को सोझो सेटमा पराजित गरे । कास्की मोडनाइज्डका दिप रानाले एपेक्स लाइफका सुभव कार्कीलाई २१—१९, २१—१७ को सोझो सेटमा पन्छाए । अर्को खेलमा सनसाइन स्कुलका शिभव कशौधनले कपिलवस्तु निकेतनका मुनाल क्षेत्रीलाई १९—२१, २१—१४, २१—१४ को सेटमा पराजित गरे ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->