सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा नेपालका ओलम्पियनहरुको जेठ तेश्रो साता पुनर्मिलन हुने

पोखरामा नेपालका ओलम्पियनहरुको जेठ तेश्रो साता पुनर्मिलन हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८०, मंगलबार

पोखरा/ गण्डकी प्रदेशको राजधानि पोखरामा यही जेठको तेश्रो साता नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन हुने भएको छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा उक्त कार्यक्रम यही जेठ १९ देखि २१ गतेसम्म हुने संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताए ।

सन् १९६४ देखि पछिल्लो २०२० जापानमा आयोजना भएको ओलिम्पिक खेलमा सहभागी नेपाली ओलम्पियन खेलाडीहरुको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने व्यवस्था मिलाएको अध्यक्ष विष्टले बताए । जापानमा भएको सन् १९६४देखि नेपालले ओलिम्पकमा सहभागिता हुन सुरु गरेको हो ।

६ दशकको अन्तरालमा करिब ८५ जना नेपालबाट सहभागी भएका ओलम्पियनमध्ये हालसम्म १० जनाको निधन भएको छ भने करिब २० जना विदेशमा रहेका छन । बाँकी भने नेपालमै छन् । विदेशमा रहेकाहरुमध्ये केही उक्त कार्यक्रममा आउने भएकोले करिब पोखरामा ५० देखि ५५ जना ओलम्पियनहरु एकै थलोमा जम्मा हुने उनको भनाइ छ । पोखरा क्षेत्रका नारायण गुरुङ, विधान लामा साथै विश्व ओलम्पिक कमिटिको समेत प्रतिनिधिहरुको सहभागिता हुने भएको उनले बताए ।

नेपालका ओलम्पियनहरु यही जेठ १९ गते पोखरामा आउने र उनीहरुलाई पोखरामा स्वागत सत्कार गर्ने, भोलिपल्ट जेठ २० गते शनिबार पोखरामा प्रभातफेरी तथा विशेष सम्मान समारोह र जेठ २१ मा खेलाडी एवं खेलकुदकर्मीसंग अन्तरक्रिया कार्यक्रम तथा पोखरा भ्रमण हँुदै धान्द्रुकसम्मको घुमघामको कार्यक्रम हुने प्रारम्भिक चरणमा छलफल भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा टोलीले आन्तरिक रुपमा व्यवस्थापनदेखि आगन्तुक ओलम्पियनहरुको भव्य स्वागत तथा सत्कार र घुमघामको व्यवस्था मिलाउने भएको छ ।यसैबीच सोमबार संघका अध्यक्ष दीपक विष्टको अध्यक्षतामा पोखरामा बिहान बसेको छलफलबाट उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न पोखरेलीहरुले सहयोग गर्ने वचन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->