पोखरा/ दोश्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधी पोखरेली खेलाडी अभिषेक बास्तोलाले जितेका छन् । काठमाण्डौस्थित त्रिभुवन आर्मी क्लबभित्रको टेनिस कोर्टमा शुक्रबार भएको फाइनल खेलमा अभिषेकले आरभ हाडालाई ६–३, ६–० को सेटमा पराजित गर्दै उपाधीमा आफ्नों नाम लेखाएका हुन् । राष्ट्रिय टेनिस प्रतियोगितामा अभिषेकको यो ‘हेड टु हेड’ दोश्रो उपाधि हो । यसअघि उनले सिटिजन ओपनको उपाधि उचालेका थिए ।





