सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खुल्ला कायाकिङ हुँदै

खुल्ला कायाकिङ हुँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८०, शनिबार

पोखरा/ पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ¥याफटिङ तथा क्यानोइङ संघको समन्वयमा यही जेठ १२ गते प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिँदै प्रदेश खेलकुदका सदस्य तथा साहसिक खेलकुदका संयोजक बसन्तराज दवाडीले करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए ।

‘वाटर स्पोर्टस’को विकाससँगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । ‘यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो,’ उनले भने,‘यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्को उद्धेश्य हो ।’

सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ ।प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->