सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गोर्खा कप खेल्न बेलायत लाग्यो पोखरा–११

गोर्खा कप खेल्न बेलायत लाग्यो पोखरा–११


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८०, सोमबार

पोखरा/ तमु धीं यूकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ ।

बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता नजाउनका लागि पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आइतबार बेलायत प्रस्थान गरेको हो ।सो टोलीमा ईश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अवतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्रजंग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।

खेलाडीहरुलाई बेलायत जानका लागि बगर भाइखलक यूके र तमु धीँ यूकेले संयोजन गरेको थियो ।बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइखलक पोखराले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->