सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अरण्यज्योति कपको उपाधि पेलिकेण्ट्स तनहुँलाई

अरण्यज्योति कपको उपाधि पेलिकेण्ट्स तनहुँलाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८०, मंगलबार

पोखरा/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब, तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतिलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रनको विशाल योगफल तयार पा¥यो । प्रत्युत्तरमा अरण्यज्योतिको पारी ११९ रनमा समेटिएको थियो । जितसँगै तनहुँले नगद ८० हजार सहित ट्रफी पुरस्कार पाउँदा अरण्यज्योतिले नगद ४० हजार सहित ट्रफी पुरस्कार प्राप्त ग¥यो । सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य उत्कृष्ट खेलाडीले नगद २५ सय पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->