सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता

अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता


  • हरिकृष्ण गौतम
  • जेष्ठ ९ २०८०, मंगलबार

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाइमा आयोजित प्रतियोगितामा पत्रकार सन्दिप रिजाल प्रथम, अन्नपूर्ण गाउँपालिका फिल्ड सहायक यामप्रसाद पूर्जा द्धितीय र प्रभु बैंक पोखरेबगरका सहायक कर्मचारी बिष्णुप्रसाद रिमाल तृतिय भएका थिए ।

प्रतियोगितामा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी र पत्रकारहरु सहित ३० जनाले सहभागिता जनाएका थिए ।सोही अवसरमा आयोजित छेलो प्रतियोगितामा अन्नपूर्ण गापाका फिल्ड सहायक यामप्रसाद पूर्जाले प्रथम भएका थिए ।प्रतियोगितामा विजेतालाई वडा नं ४ का वडा अध्यक्ष लोकबहादुर फगामी, वडा नं ७ मईलन पूर्जा पुन र वडा नं ८ का अध्यक्ष खमबहादुर गर्बुजा र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगद ३ हजार, २ हजार १ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।अन्नपूर्ण आधार क्षेत्रभित्रको सम्भावनाको पहिचान, आवश्यक पूर्वाधार विस्तारका लागि गरिएको पदयात्राको क्रममा प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए ।

‘छोटो पैदलयात्रामा पुगिने र सुरक्षित गन्तब्य पनि हो,उच्च क्षेत्रमा हुने प्रतियोगिताका लागि समेत सम्भावना रहेको देखिन्छ, थप अध्ययन गरी योजना बनाउँछौ’ सुबेदीले भने । अन्नपूर्ण आधार क्षेत्रमा भलिबल, फुटबल सहितका अन्य खेलकुद प्रतियोगिताको सम्भावना समेत रहेको बताए । उनले मोटर गुड्ने सडक सञ्जाल र मानव वस्ती देखि टाढा रहेको आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चार लगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको बताए । आठ हजार ९१ मिटर विश्वको १० औ अग्लो अन्नपूर्ण हिमालको सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । ८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->