शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खेल पत्रकारिता तालिम हुँदै

खेल पत्रकारिता तालिम हुँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८०, शुक्रबार

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको उनले जनाए ।

मञ्चले तालिमसंयोजकको जिम्मेवारी मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठलाई तोकेको छ । तालिममा ६० जनाभन्दा बढी खेल पत्रकार सहभागी बन्ने अपेक्षा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->