स्याङ्जा /जिल्लाको वालिङमा रहेको गह्रौं प्राथमिक अस्पताल वालिङले शल्यक्रियासहितको प्रसूती सेवा सुरु गरेको छ ।
अस्पतालले पहिलोपटक वडा नं ६ की ३२ वर्षीया महिलाको शल्यक्रियामार्फत् प्रसूती गराएको हो । यहाँका विशेषज्ञ चिकित्सक डा. नारायणबहादुर गोदार र डा. सुरज ढकालको संयुक्त टोलीले सफल शल्यक्रिया गरेको हो । शल्यक्रिया सफल भएको र आमा तथा बच्चाको अवस्था राम्रो रहेको प्राथमिक अस्पतालका प्रमुख डा ढकालले जानकारी दिए ।
अस्पतालमा प्रसूती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाई सहज हुने उनले बताए । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जनताको सुविधाको लागि यो सेवा थालनी गरिएको बताए ।





