सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी कब्बडी संघमा पवन

गण्डकी कब्बडी संघमा पवन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८०, बुधबार

पोखरा/ गण्डकी प्रदेशस्तरीय कब्बडी संंघको अध्यक्षमा पवनकुमार प्रजापति चयन भएका छन् । पवन पोखरा उद्योग वाणिज्य संघकासमेत अध्यक्ष हुन् ।

पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतिको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा भरतकुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापा मगर रहेका छन् ।नवगठित कार्यसमितिको सदस्यमा सन्दीप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेजबहादुर विष्ट रहेका छन् ।

खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक उक्त समिति गठन भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषिराम गौतम र नेपाल कब्बडी संघका राष्ट्रिय उपाध्यक्ष वीरेन्द्रकुमार यादवको विशेष उपस्थितिमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->