शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधि

छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधि


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८०, मंगलबार

पोखरा/ कास्की जिल्लास्तरीय अन्तर सामुदायिक विद्यालयस्तरीयटी–२० क्रिकेट प्रतियोगिता छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् ।

पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रन मात्रै बनाउन सक्यो । जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हासिल ग¥यो ।

छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम स्थान प्राप्त ग¥यो । पहिला व्याटिङ गरेको सिद्धले १५ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनायो । जितका लागि ८० रनको लक्ष्यसहित मैदान उत्रिएको बाराहीले ११.३ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल ग¥यो । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा छात्रतर्फ त्रिभुवन माविका करण यादव वेष्ट व्याट्स्म्यान, जनप्रियका समिर भट्टराई बेष्ट वलर भए । छात्रातर्फ सिद्धका रचना चौधरी वेष्ट व्याटर तथा सिद्धकै सुशीला तामाङ्ग बेष्ट बलर भइन् । विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी एमसिसी प्रतिनिधि सचिन शाक्य, आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवरलगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->