सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खेल्छ गण्डकी : भलिबल विशेष प्रशिक्षण सुरु

खेल्छ गण्डकी : भलिबल विशेष प्रशिक्षण सुरु


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८०, मंगलबार

पोखरा/ खेल्छ गण्डकीअन्तर्गत पोखरामा भलिबलको विशेष प्रशिक्षण सुरु भएको छ । ‘ट्यालेन्ट हन्ट’ को रुपमा लिएको कार्यक्रममा गण्डकीको महिला भलिबल टिम लक्षित गर्दै दशदिने विशेष प्रशिक्षण सुरु गरिएको हो ।
प्रदेश खेलकुद परिषदको आयोजनामा सोमबारदेखि पहिलो चरणको ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरिएको हो । कुनै समय महिला भलिबलमा एकछत्र राज गरेको गण्डकीको साख फर्काउन ट्यालेन्ट हन्टले सहयोग पुग्ने कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले बताए ।

‘पहिलो चरणमा शैद्धान्तिक र व्यवहारिक ज्ञान दिनेछौं । अहिले ३४ जना खेलाडी हुनुहुन्छ योबाट १८ जना छनोट गरिनेछ,’ उनले भने, ‘१८ जनाबाट पनि अन्तिममा १२ जना छनोट गरी निशुल्क आवास र शिक्षा प्रदान गर्ने लक्ष्य रहेको छ ।’ गण्डकी प्रदेश खेलकुद विकासका लागि बहुआमयिक पाटो रहेको बताउँदै उनले प्रदेश सरकारले प्रमुखताका साथ यो योजना अघि सारेको बताए । अघिल्लो वर्ष एथलेटिक्समा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरिएको थियो ।

ट्यालेन्ट हन्टमा गण्डकी प्रदेशका ८ जिल्लाका ३४ जना छात्राहरुको सहभागिता रहेको क्षेत्रीले जानकारी दिए । ११ वटै जिल्लालाई आह्वान गरेपनि तनहुँ, मुस्ताङ र मनाङबाट खेलाडी नआएको उनले बताए । २०७९ मा एसइई परीक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गरी उनीहरुलाई पहिलो चरणमा १० दिने बन्द प्रशिक्षण दिइने छ । उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले खेलकुदको विकासका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । आफु खेलकुदबाटै हुर्केको र खेलकुदको मर्म गहिराईबाट बुझेको सुनाउँदै खेलकुदको विकासका लागि सबै एक भएर लाग्न अनुरोध गरे ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ, सो कार्यक्रमका सहजकर्ता राजन पौडेललगायतले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->