पोखरा/ यु–१९महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोली पूर्वघोषित रकमसहित सम्मानित भएको छ । गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले उनीहरुलाई सम्मानित गरेकी हुन् ।
गण्डकी प्रदेश सरकारले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनालाई जनही नगद ५० हजारका दरले सम्माति गरेको हो । रकम खेलाडीहरुको व्यक्तिगत बैंक खातामार्फत् पठाइएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले जानकारी दिए ।
नेपाल क्रिकेट संघको आयोजनामा धनगढीमा भएको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी विजेता बनेको थियो । नगद ५० हजारसहित सम्मानित हुने खेलाडीहरुमा अन्जली विश्वकर्मा,, सिमाना केसी,ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरविना अधिकारी, निरु जिटी, सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीति पराजुली टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापक एलिशा लामिछाने रहेका छन् ।
यसैबीच प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश क्रिकेट संघको समन्वयमा शुक्रबारबाट पोखरामा दुई दिने ओ लेभल क्रिकेट अम्पाएर प्रशिक्षण सुरु भएको छ ।। प्रशिक्षणमा विभिन्न जिल्लाका ३५ भन्दा बढी अम्पाएर हरुको सहभागिता रहेको छ ।





