सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

व्यक्तिगत खर्चमै अन्तर्राष्ट्रिय प्रतियोगिताका सहभागिता जनाउँदै सुस्मिता

व्यक्तिगत खर्चमै अन्तर्राष्ट्रिय प्रतियोगिताका सहभागिता जनाउँदै सुस्मिता


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८०, बुधबार

पोखरा/ गण्डकी प्रदेशकी तेक्वान्दो खेलाडी सुस्मिता थापा मगर व्यक्तिगत खर्चमै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि प्रस्थान गरेकी छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीलाई दुई पदक दिलाएकी सुस्मिता विश्व आइटीएफ तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि काजकिस्तानतर्फ प्रस्थान गरेकी हुन् । उनलाई सोमबार प्रदेश खेलकुद परिषद् गण्डकीले बिदाइसमेत गरेको छ ।

बागलुङ बडिगाडकी सुष्मिताले विश्व च्याम्पियनसीपमा पहिलोपटक सहभागिता जनाउन लागेकी हुन् । पोखराकै गण्डकी विश्वविद्यालयमा स्पोर्टस् म्यानेजमेन्ट डिप्लोमा तहमा अध्ययनरत उनले ५२ केजी तौलतर्फ प्रतिस्पर्धा गर्ने छन् । सुस्मिताले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १ स्वर्ण र २ रजत तथा नवौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण र १ रजत पदक जितेकी छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले सुस्मितालाई बिदाई गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । व्यक्तिगत खर्चमै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै गर्दा अन्य खेलका खेलाडीले समेत उनीबाट धेरै कुरा सिक्नुपर्ने बताए ।‘तपार्इं पहिलोपटक विश्व च्याम्पियनसीपमा सहभागिताका लागि जाँदै हुनुहुन्छ । म यहाँलाई हार्दिक शुभकामना दिन चाहन्छु । यहाँले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि आग्रह गर्छु,’ उनले भने । कुनै पनि खेलाडीका लागि अन्तर्राष्ट्रिय सहभागिता सिक्नका लागि मौका समेत हुने भएकोले त्यसको भरपुर उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

व्यक्तिगत खर्चमै प्रतियोगितामा सहभागिता जनाउन लागेपछि खेलकर्मीहरुबाटै उनलाई दुई सय डलर सहयोगसमेत गरेका छन् । उनलाई मुआथाई प्रशिक्षक खगेन्द्र क्षेत्री, सम्राट सुनार, रोशनी गौचन, सन्तोष गुरुङ र सेलिना पुनले आर्थिक सहयोग गरेका हुन् ।

किसान परिवारकी सुस्मिताको त्यो यात्रा सफल बनाउन पोखराका केही खेलाडी यूवाहरु अघि सरेका छन् । प्रतियोगितामा सहभागी हुँदा के कति खर्च लाग्ने भन्नेबारेमा आफुलाई थाहा नभएको र परिवारबाट सहयोग मिलेको सुनाइन् । अन्तर्राष्ट्रिय प्रतियोगिता आफ्नो सपना भएकाले अजान लागेको उनले बताइन् । ‘हेरौं के हुन्छ ? खर्च ठूलो छ । बुवा किसान परिवारको भएकोले पनि उहाँलाई ठूलो बोझ पक्कै छ,’उनी भावुक बनिन् । सुस्मिता मंगलबार नै काठमाडौं प्रस्थान गरेकी छन् । वल्र्ड आइटीएफ तेक्वान्दो च्याम्पियनसिप अगस्ट १९ देखि २७ सम्म काजकिस्तानमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->