पोखरा/ गण्डकी प्रदेश भलिवल संघले संघको केन्द्रीय सल्लाहकार नियुक्त भएका भलिवलका पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखरा, नेपालका अध्यक्ष नारायणप्रसादलाई शर्मा, राष्ट्रिय खेल भलिबल गीतका रचनाकार आरजू विष्ट सल्यानी तथा गीतका गायक, संगीतकार विनोद वानियलाई आज पोखरामा सम्मान गरेको छ ।
आफ्नो जीवनकालमा भलिबलसंग जोडिएर गरेको महत्वपूर्ण योगदानको कदर गर्दै गण्डकी प्रदेश भलिवल संघले सम्मान गरेको बताएको छ । संघको सल्लाहकार नियुक्त भएका पराजुली, शर्मा, गायक बानिया र गीतकार बिष्टलाई संघका उपाध्यक्ष यामबहादुर गुरुङ, गण्डकी अध्यक्ष नविन कुमार गुरुङ, टाइगर ग्रुप पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिवि नेपाली, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ महासचिव टहलसिंह थापा मगर लगायतले सम्मानपत्र, पुष्पगुच्छा र खादाले सम्मान गरेका हुन् ।
गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविनकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका महासचिव टहलसिंह थापा मगरले गरेका थिए ।





