सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा फुटबल प्रशिक्षण

गण्डकीमा फुटबल प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८०, सोमबार

पोखरा/ जापानी फुटबल प्रशिक्षक इतारु कातोले पोखराका विद्यार्थीलाई फुटबल प्रशिक्षण गराएका छन् । गण्डकी विश्वविद्यालयको आयोजनामा जापानी फुटबल प्रशिक्षक इतारुले करिब ६० जना विद्यार्थीलाई दुई दिन प्रशिक्षण गराएका हुन् ।
प्रशिक्षणमा गण्डकी विश्वविद्यालय र अन्य ७ विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट (बिएसएम)को अध्यापन भइरहेको कार्यक्रम संयोजक मधुसुदन सुवेदीले जानकारी दिए ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->