शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सातौं पोखरा स्पोर्ट्स अवार्डको हिसाब सार्वजनिक

सातौं पोखरा स्पोर्ट्स अवार्डको हिसाब सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८०, बिहिबार

पोखरा/ सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार एक कार्यक्रमको आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो ।
अर्वाड कार्यक्रमको लागि २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च गरेर १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । कोषाध्यक्ष कविता घर्ती मगरले पेश गरेको आय व्यय विवरण सुझावसहित पारित गरिएको थियो । मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षासमेत गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->