सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राखेपअन्तरगतका पुर्वाधार र कर्मचारी प्रदेश खेलकुद परिषदमा ल्याइने

राखेपअन्तरगतका पुर्वाधार र कर्मचारी प्रदेश खेलकुद परिषदमा ल्याइने


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८०, शुक्रबार

पोखरा/राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत जिल्लागत रहेका खेल पूर्वाधार र कर्मचारीहरु प्रदेश खेलकुद परिषदमा ल्याइने भएको छ । लामो समयदेखी खेलकुदमा संघीयता ल्याउन राखेप कस्सिएको हो । राखेपको बिहिबार बसेको ११७ औं बोर्ड बैठकले राखेप मातहातमा रहेका क्षेत्रीय पुर्वाधारहरु प्रदेशको मातहातमा ल्याउने निर्णय गरेको हो ।

निर्णयको कार्यान्वयन चिनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुद सकिएको १५ दिन भित्र गर्न परिषद् अध्यक्ष तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले निर्देशन दिएको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । उनका अनुसार बैठकले क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु ओएनएम स्विकृति नभए सम्मका लागि प्रदेश खेलकुद विकास समिति अन्तर्गत समायोजन गरिनुका साथै खेलकुद पूर्वाधारहरुको सुरक्षा, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद परिषदले गर्नेछ ।

‘आज काठमाडौंमा भएको बैठकले निकै महत्वपूर्ण निर्णय गरेको छ । यो निर्णयले नेपाली खेलकुदमा संघीयता आएको महशुस हामीले गरेका छौं’ उनले भने, ‘हामीले बारम्बार उठाउँदै आएको कुरा आब पुरा हुने देखियो । संघीयतामा गएको ६ वर्ष पुग्दा समेत खेलकुदमा संघीयता थिएन । प्रदेश परिषदको भूमिका पनि त्यति देखिएन अब भने पक्कै देखिने छ ।’ क्षेत्रीय खेलकुदमा रहेको कामकाज, जिन्सी, असुल उपरलगायत सम्पूर्ण विषयहरु अव प्रदेश खेलकुद परिषदको समन्वय र सहयोगमा हुनेछ ।

त्यसै गरि बैठकले राखेपले हालै कर्मचारी बढुवालाई अनुमोदन गर्नुका साथै १९ औं एसियाली खेलकुदमा सहभागि हुने खेलाडी, प्रशिक्षक, अफिसियल, पदाधिकारीहरुको सहभागिता सुनिश्चित गरेको छ । शर्माले यस अघि राखेपले ऐनलाई नमानेको गुनासो पोख्दै आएका थिए । उनले खेलकुद ऐनले प्रदेश संरचनालाई अधिकार दिएपनि राखेपले त्यसलाई कार्यान्वयन नगरेको बताउँदै आइरहेका थिए । अब प्रदेश खेलकुद परिषद्को भूमिका पनि देखिनेमा विस्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->