सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लामाचौर कप भलिबल : महिलातर्फको उपाधि पुलिसलाई

लामाचौर कप भलिबल : महिलातर्फको उपाधि पुलिसलाई


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८०, मंगलबार

पोखरा /लामाचौरमा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधिसंगै नगद एक लाख ५० हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ । न्यू डायमण्डले एक लाख एक सय ११ रुपैयाँ प्राप्त गरेको छ । पुलिसले डायमण्डमाथि १८—२५, २५—२२,२५—१४ र २५—२० सेटको जित निकालेको हो ।

उपविजेता भएको डायमण्डले १ लाख रुपैैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । सोमबारनै लिग चरणको खेलमा पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई पराजित गरेको थियो । ४ टिम सहभागी खेलमा पुलिसले आफ्नो लिग चरणका खेलमा समेत अपराजित यात्रा कायमै राख्न सफल भयो । पुलिसको कुल ३ खेलबाट कुल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो भने डायमण्ड ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । एपिएफको चार तथा एभरेष्ट भलिबल क्लब अंकविहिन रहन पुगेको थियो ।

पुरुषतर्फको फाइनल आज

उता पुरुषतर्फ गण्डकी र पुलिसको खेल भने लाइट प्रोटेस्ट (प्रकाशको कमी) का कारण स्थगित भएको छ । खेलको दोस्रो सेट सकिएलगत्तै खेल स्थगित गरिएको हो । पहिलो सेट पुलिसले २५–१९ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । दुवै टोलीले एक÷एक सेट जिते पनि प्रकाश नपुग्ने भएपनि खेल रोकिएको रेफ्री संयोजक टहलसिंह थापाले जानकारी दिए ।

पहिलो सेटमा पुलिसले गण्डकीलाई २५–१५ ले हरायो । दोस्रो सेटमा २५–२३ ले हराएपनि तेस्रो सेटमा गण्डकी खेलमा फर्किएको थियो । तेस्रो सेट गण्डकीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेट २५–१८ ले जित्दै बराबरी सेटमा खेल अघि बढयो अन्तिम सेटमा गण्डकी हाबी हुँदै १५–१० ले जित हासिल गरेको थियो ।

गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबार नै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले हराएपनि फाइनल प्रवेशका लागि पर्याप्त हुन सकेन ।

एपिएफको कुल चार खेलबाट दुई जित दुई हारसहित ७ अंक रह्यो । मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हारसहित पाँच अंक रह्यो । गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहीन भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->