स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी सहायक हवल्दार युवराज तिमिल्सिनालाई भदौ महिनाका लागि जिल्लाकै उत्कृष्ठ प्रहरी घोषित गरेको छ ।
नेपाल प्रहरीको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९ अनुसार तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक संजयबहादुर रानाले कदरपत्रसहित सम्मानित गरेका हुन् । तिमिल्सिनाले झण्डै एक सयभन्दा बढी फरार प्रतिबादी पक्राउ गरेका छन् । उनले लामो समयदेखि फरार रहेका प्रतिवादीदेखि लागुऔषध, सुन चोरी र सरकारी छाप किर्ते गर्ने जस्ता गिरोह पक्राउ गर्न सफल भएको स्याङ्जा प्रहरीको भनाइ छ ।
वडा प्रहरी कार्यालय वालिङमा दरबन्दी रहेका तिमिल्सिना हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत छन् ।




