शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तिहारको बेला एकजनाको हत्या, अर्कोको हत्या प्रयास

तिहारको बेला एकजनाको हत्या, अर्कोको हत्या प्रयास


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८०, सोमबार

पोखरा/ कार्तिक २८ गते मंगलबार पोखरा १६ विरौटामा छोराले आफ्नै बुबाको हत्या गरे । विरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले बुबा रामु क्षेत्रीलाई घरायसी विवादपछि खुर्पा प्रहार गरेका थिए । टाउको र गर्धनमा लागेको खुर्पाको चोटले रामु गम्भीर घाइते हुन पुगे । घटना घटेको सूचना प्राप्त गर्नासाथ वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगी घाइते रामुको उद्धार ग¥यो अनि उपचारका लागि अस्पताल लग्यो । विरौटा नजिकै रहेको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा रामुको निधन भयो ।

आक्रमणकारी छोरो स्याङ्जा, पाल्पा हुँदै भारततर्फ भाग्दै गरेको प्रहरीले सुइँको पायो । त्यसपछि प्रहरीले हुलिया, फोटोसहित विभिन्न जिल्लामा सूचना पठायो । घटनापश्चात भाग्दै गरेका रविनलाई पाल्पामा पक्राउ ग¥यो । उनले बुबामाथि १२ बजेर १० मिनेटको समयमा खुर्पा प्रहार गरेका थिए । त्यतिन्जेल उनका बुबाको उपचार भइरहेको थियो । रविन पाल्पाबाट हुँदै भारततर्फ जाँदै थिए । ग २० प ६०४७ नम्बरको मोटरसाइकलमा जाँदै गरेका रविनलाई पाल्पा प्रहरीले चार बजेर पाँच मिनेटमा प्रभासबाट पक्राउ गरी कास्की पठायो ।

प्रारम्भिक अनुसन्धानले घर झगडाप पछि रविनले बुबामाथि आक्रमण गरेको खुलासा भयो । प्रहरीले रविनलाई चार घण्टामा पक्राउ गर्न सफल रह्यो । रविन पक्राउ परेको एक घण्टापछि अस्पतालले रामुको मृत्यु भएको घोषणा गरेको थियो । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण घटना भएको खुलेको छ । ‘अनुसन्धान भइरहेको छ । बयान लिने काम भएको छ । वास्तविकता पछि आउनेछ,’ उनले भने । त्यसको अघिल्लो दिन अर्थात कार्तिक २७ गते सोमबार अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा पनि अर्को घटना घटेको थियो ।

५७ वर्षका जुमकाजी विकले श्रीराम देवकोटाको हत्या प्रयास गरेको खुलेको छ । विहान करिब ९ बजेको समयमा श्रीरामलाई मार्ने भन्दै जुमकाजीले हँसियाले दुई खुट्टामा प्रहार गरेका थिए । खुट्टामा प्रहारपश्चात गर्दनमा प्रहार गर्न खोज्दा स्थानीय महिलाले जोगाउँदा उनको ज्यान जोगियो ।

जुमकाजीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाइ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जुमकाजी यसअघि समेत आपराधिक गतिविधिमा संलग्न भन्ने बुझिएको जानकारी दिए । उनका अनुसार सामान्य विवाद पश्चात घटना घटेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले सामान्य विवाद पश्चात जुमकाजीले प्रहार गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->