सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता पोखरा रंगशालामा जारी

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता पोखरा रंगशालामा जारी


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिताअन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

हीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणवीर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

गल्र्स सिंगलतर्फ जापानका उता असाकुराले भारतका इसिता मिधालाई ६–०,६–० ले, भारतका यासिका सोकिनले भारतकै इसि महेश्वरीलाई ५–७,६–३ र ६–० ले, भारतका दिसा बेहराले भारतकै स्वस्ती सिंहलाई ६–४,३–६ र ६–२ ले र हङकङकी जेन लिङ चुङ वाङले भारतका सगुन कुमारी सगुनलाई ६–२ ,६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
ब्वाइज डबल्सफर्त जापानका को फुजिकावा र रुया ससामोटोको जोडीले भारतका सन्चित सुधिर राव र अनिकेट भेंकाटारामनको जोडीलाई ६–०,२–६ र सुपरटाईमा ११–९ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।

गल्र्स डबल्सतर्फ जापानका उता असाकुरा र हङकङकी जेन लिङ चुङ वाङ जोडीले भारतका अन्वी पुनागण्टी र सगुन कुमारी सगुनको जोडीलाई ६–३, ६–१ ले तथा भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै सेरि सर्मा र रिधि सिण्डेको जोडीलाई ६–३,६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->