सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुरुष भलिबल प्रतियोगिता पुष १४ बाट

पुरुष भलिबल प्रतियोगिता पुष १४ बाट


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८०, मंगलबार

कास्की/पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पोखरा कप अन्तर क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिता पुस १४ गतेदेखि १६ गतेसम्म हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

संघको आयोजनामा ‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ भन्ने नाराका साथ बसुन्धरा पाकर्, पोखरा–६, लेकसाईडमा हुने उक्त प्रतियोगिताको पोखरा महानगरपालिका प्रवर्धक र पोखरा महानगर खेलकुद विकास समितिको समन्वय रहेकोे संघका अध्यक्ष रामबहादुर लामिछाने वताए ।

रेवान पोखराको आयोजनामा हुने २५ औं पोखरा सडक महोत्सवको सन्दर्भ समेत जोडेर हुने प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ७७ हजार ७ सय ७७ का साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई नगद रु १० हजार र ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

त्यसै गरी विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी वेष्ट सेटर, वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट ब्लकर र वेष्ट डिफेन्डरलाई जनही नगद रु ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागिता जनाउने क्लवहरुले एक टिममा दुई राष्ट्रिय खेलाडी समावेश गर्नसमेत पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख ९३ हजार ८ सय ८८ रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा पोखरा महानगर शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्य, पोखरा महानगर खेलकुद विकास समितका अध्यक्ष दिपक बहादुर गोदार, रेवान सचिवालय प्रमुख कमलराज कोइराला लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिताका सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका, पोखरा महानगरपालिका शिक्षा महाशाखा, पोखरा महानगरपालिका खेलकुद विकास समिति, रेबान पोखरा, नेपाल भलिबल संघ, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, जिल्ला भलिबल संघ कास्की, टाइगर ग्रुप अफ पोखरा, वडा प्रहरी कार्यालय बैदाम रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->