सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रिक्वाटर तथा डबल्समा क्वाटरफाइनल सकियो

आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रिक्वाटर तथा डबल्समा क्वाटरफाइनल सकियो


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८०, बिहिबार

पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किटअन्तर्गत सिंगलतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु सकिएका छन् । डबल्सतर्फ क्वाटरफाइनल सम्पन्न भएको छ ।

बिहीबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रीकु हिगासीले नेपालका निहाल जंगबहादुर थापालाई ६–२,७–५ ले, नेपालक राजविर प्रधानले भारतका इसान्त पतरालाई ६–१,६–२ ले, भारतका जेसन डेभिडले नेपालका सक्षमविक्रम शाहलाई ६–२, ६–२ ले, अमेरिकाका आरब सम्राट हाडाले जापानका रुया सासामोतालाई ७–५,६–३ ले, भारतका प्रविण मुकेश छावडाले भारतका अनिकेत भेंकटरामनलाई ६–४,६–४ ले, एलेक्से सिवइवले जापानका इप्पी मात्चुसिमालाई ७–६, ६–२ ले, भारतका दक्ष कुक्रेटीले भारतकै सन्चित सुधीर रावलाई ६–१,७–६ ले, भारतका आहिल आयाजले नेपालका आर्यन गिरीलाई ६–३,६–१ ले, पराजित गरे ।

ब्वाइज डबल्सतर्फ भारतका अधिराज ठाकुर र ओजाज मेलावटको जोडीले जापानका को फुजिकावा र एलेक्सी सिवाइवलाई, भारतका जेसन डेभिड र अनिकेत भेन्कटरामनको जोडीले नेपालका आयुषमान हजुर घले र भारतका एस पञ्चासरीलाई, जापानका रिकु हिगासी र अमेरिकाका आरब सम्राट हाडाले जापानका इप्पी मात्चुसिमा र नेपालका सक्षम विक्रम शाहलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

गल्स सिंगलतर्फ भारतका यासिका सोकिनले भारतकै दिया चौधरीलाई, भारतकै अन्वि पुनागाण्टीले भारतका दिसा बेहरालाई, भारतका इशी महेश्वरीले भारतका प्रेसा सान्थामोरथीलाई, भारतकी अर्जान खोराकीवालाले भारतकै मनिका खन्नालाई, जापानकी उता असाकुराले थाइल्याण्डको पिच छायापक श्रीमुकलाई तथा भारतका मण्डगल्ला प्रिन्सीले भारतकै रिदी सिण्डेलाई पराजित गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->