स्याङ्जा/ पुतलीबजार नगरपालिकाले १२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद उपाधि जितेको छ ।
मंगलबार सकिएको प्रतियोगितामा ११ स्वर्ण, १० रजत र एक कास्य पदकसहित जम्मा २२ पदक जित्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधि जितेको पुतलीबजारले रनिङ शिल्डसमेत कब्जा जमाएको हो ।
१० पालिकाको सहभागिता रहेको प्रतियोगितामा करातेबाहेक ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकमा प्रतिस्पर्धा भएको थियो । वालिङ नगरपालिकाले नौ स्वर्ण, दुई रजत र पाँच कास्यसहित १६ पदक जित्दै दोस्रो स्थान हात परेको हो । पुतलीबजारले छात्रतर्फ आठ स्वर्ण जित्दा वालिङले छात्रतर्फ आठ स्वर्ण जितेको हो । तीन स्वर्ण, पाँच रजत र पाँच कास्यसहित १३ पदकका साथ भीरकोटले तेस्रो स्थान हात पारेको हो । खेलकुदमा चौथो कालिगण्डी, पाचौँ बिरुवा र छैटौ अर्जुन चौपरी गाउँपालिका बनेको हो । पुस ८ गतेबाट सुरु भएको प्रतियोगितामा ३२३ खेलाडीको सहभागी रहेको थियो ।





