सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

माछापुच्छ्रे ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

माछापुच्छ्रे ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन


  • Dhorpatan News
  • पुष १६ २०८०, सोमबार

पोखरा/ २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे  बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षकभुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियनसमेत रहेका नेपालका नं वरियताका प्रदीप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले अन्त्य गर्दै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदीपको सपनामा ब्रेक लगाए ।

पोखरा रंगशालाको टेनिस कम्लेक्समा सम्पन्न फाइनलमा प्रदीप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका पूर्व नेपाल नं १ संरक्षकले दोश्रो सेटमा भने २–६ ले प्रदीपलाई सुम्पिए तर तेश्रो तथा अन्तिम सेटमा ७–६, (७–५) ले संघर्षपूर्ण जित निकाल्दै नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे । उपविजेता बनेका प्रदीपले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिष्ट द्वय ऋतिक राना र अभिनन्सु ठाकुरले जनही नगद रु ५–५ हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

त्यस्तै उमेन्सतर्फ समेत गत संस्करणकी समेत च्याम्पियन नेपाल १ ¥याकिङ अभिलाषा विष्टलाई सुनिरा थापाले टाइब्रेकमा नै पराजित गरीन् । सनसनीपूर्ण फाइनलमा सुनिराले पहिलो सेट ६–० ले अभिलाषालाई सुम्पिए पनि दोश्रो सेट सम्हालिएर खेल्दै ६–१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किइन् । अन्तिम सेट ६–४ ले जितेपछि अभिलाषाको दोश्रोपटक च्याम्पियन हुने सपनामा ब्रेक लाग्यो । च्याम्पियन बनेकी सुनिराले नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिष्ट द्वय माहिका राना र रायना शाहले जनही नगद रु रु ५–५ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

यस्तै प्रतियोगितामा अन्तर्गत नै भएको ३५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतर्फ कमल भण्डारी विजेता बनेका छन् । उनले फाइनलमा सन्तोष खत्रीलाई ७–५ र ६–४ ले पराजित गरे । उपाधि विजेता कमलले नगद बिजेताले नगद ६० हजार, उपविजेता सन्तोषले नगद ३० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गरेका छन् ।

४५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतफको रोहित सुनुवारले फाइनलमा महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जिते । प्रतियोगितामा सेमीफाइनालिष्ट द्वय प्रदीप शाह र गोपी भट्टराई रहेका छन् । उपाधि जितेका रोहितले नगद ४० हजार, उपविजेता महेशले नगद २० हजार र सेमीफाइनालिष्ट द्वय प्रदिप र गोपीले जनही नगद ५–५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५५ वर्षमाथि मेन्स सिंगल्सको उपाधि विजेता बन्न सफल विमलकुमार गुरुङले फाइनलमा प्रतिद्वन्द्वी जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । उपाधि विजेताले विमलले नगद ३० हजार, उपविजेता जिवनले नगद १५ हजार, सेमीफाइनालिष्ट खेलाडीद्वय समिर शेरचन र थोङवाम तुलेश्वरले जनही नगद ५–५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रतियोगिता मुख्य प्रायोजक संस्था माछापुच्छ्रे  बैंककी निर्देशक बन्दना केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, कास्की खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, ट्रयाङ्क्वालिटी स्पाका प्रवन्ध निर्देशक रनिल फैजुलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरका बोल्दै माछापुच्छ्रे  बैंककी निर्देशक बन्दना केसीले प्रतियोगितालाई सहयोगको प्रतिवद्धता जनाएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->