सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पालिकास्तरीय भलिबलको उपाधि गलकोटलाई

पालिकास्तरीय भलिबलको उपाधि गलकोटलाई


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८०, शुक्रबार

बागलुङ/ सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । शुक्रबार दिउँसो धौलागिरि क्याम्पस प्राङ्गणको भलिबल कोर्टमा भएको फाईनल खेलमा ताराखोलालाई सोझो सेटमा पन्छाउँदै गलकोटले उपाधि चुमेको हो । बिहीबारको सेमिफाईनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनल प्रवेश गरेको ताराखोलाले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३—० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाईनल खेलका गलकोट नगरपालिकाले तीन सेट नै २५—२०, २५—२२ र २५—२२ अन्तरले आफ्नो पोल्टामा पा¥यो ।

गलकोट नगरपालिको फाईनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । संघर्षपूर्ण उक्त खेलमा पाँचौ सेटमा जित हात पार्दै फाईनल पुगेको गलकोट नगरपालिकालाई उपाधिका लागि भने संघर्ष गर्नु परेन । ताराखोला गाउँपालिकाका खेलाडीबाट रोटेसन परिवर्तनमा भएको गल्तीले पनि गलकोटलाई उपाधिका लागि सघाउ पु¥यायो । उपाधि विजेता गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ पाएको छ ।

शुक्रबार नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ । आफुलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासंग संघर्षपूर्ण खेलमा पराजित हुँदै बाहिरिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३—१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २८—२६ र दोस्रो सेट २५—१८ ले जितेको ढोरपाटनले तेस्रो सेट २५—२२ ले गुमाउन पुग्यो । तेस्रो सेट गुमाएको ढोरपाटन चौथो सेटमा पुनरागमन गर्दै २५—१२ मा सेट जित्यो र तेस्रो स्थान आफ्नो लागि सुरक्षित ग¥यो । प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले ५१ हजार एक सय ११ रुपैयाँ र सान्त्वना भएको माउन्टेन भ्यूले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले जानकारी दिए ।

सातौं बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खेला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ भने निर्माण व्यवसायी संघ बागलुङ दोस्रो भएको छ । पुस ११ गतेदेखि सुरु भएको सातौं बागलुङ महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथै दैनिक दर्जनौ चर्चित कलाकारहरुको प्रस्तुतीसंगै बागलुङे दर्शक रमाईरहेका छन् । महोत्सव शनिबार सकिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->