सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

समूह विजेता बन्दै तनहुँ फाइनलमा

समूह विजेता बन्दै तनहुँ फाइनलमा


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८०, मंगलबार

पोखरा / प्रधानमन्त्री (पिएम) कप एक दिवसीय गण्डकी प्रदेश स्तरीय छनोट खेलमा पर्वतलाई ३ विकेटले हराउँदै तनहुँ फाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बि’ मा आफ्नो अन्तिम खेल खेल्दै तनहुँ कुल ४ अंकका साथ समूह विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । २ सय १८ रनको विजयी लक्ष्य पाएको तनहुँले ४८ ओभरमा ७ विकेटको क्षतिमा पुरा ग¥यो ।

तनहुँको जितमा कृष एयरले ४२ रन र सदित्य बन्जराले २५ रनको अविजित पारी खेले । कृषले ५८ बलमा ६ चौका प्रहार गरे भने, सदित्यले ५१ बलमा २ चोका प्रहार गरे ।

तनहुँको सुखद् सुरुवात भएको थियो । ओपनर समिर कडेलले ८२ बलमा ५ चौकाको मद्धतमा अर्धशतकीय पारी खेल्दै आउट भए । अर्का ओपनर दिपेश अधिकारी १४ रनमा आउट भए । दिनेशजंग बुढामगरले ३४ बलमा ४ चौका र २ छक्काको मद्धतमा ३७ रन जोडे ।

इशान श्रेष्ठ, तलाराम दत्त र चन्द्रकान्त पौडेल शुन्यमै आउट भए । उत्सव श्रेष्ठ १० रनमा आउट भए ।
पर्वतका लागि रोशन गौतमले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोनु यादव र रितिक थापाले समान २-२ तथा विकाश क्षेत्रीले १ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा पहिलो पटक प्रदेश स्तरीय खेलमा डेब्यु गरेको पर्वतले टस जितेर ब्याटिङ रोजेको थियो । पर्वतले कुल ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १७ रन बनायो ।

ओपनर विकाश क्षेत्री १२ रनमा बोल्ड भए । अर्का ओपनर सरोज बहादुर खत्री २१ रनमा बोल्ड भए । उनले ३६ बलमा ३ चौका प्रहार गरे । खुमप्रसाद सुवेदी ५ रनमा, रोशन गौतम १८ रनमा आउट भए । रित्तक थापाले ७४ बलमा ७ चौकाको मद्धतमा ४१ रनको योगदान दिए ।

अमृत गुरुङले ४० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडे । विनोद नेपाली १४ र कमल भुषाल १९ रनमा आट भए । दिपेन्द्र भण्डारी २२ र राजु थापा ९ रनमा अविजित रहे । दिपेन्द्रले २६ बलमा ३ चौका प्रहार गरे भने, राजुले ११ बलमा १ छक्का प्रहार गर्दै अविजित रहे ।

तनहुँका लागि कृष एयरले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । सन्दिप पराजुलीले १० ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ र प्रदिप अर्यालले १० ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए ।

जितसँगै तनहुँले फाइनलमा स्याङ्जाको सामना गर्ने भएको छ । स्याङजा समुह ‘ए’ को विजेता बन्दै यसअघि फाइनल प्रवेश गरिसकेको छ । समूह ‘ए’ मा स्याङजासँगै कास्की र बागलुङ रहेको थियो । समूह ‘बी’ तर्फ पर्वत र नवलपुर भने एक खेल अगावै बाहिरिएको छ । पर्वतले अब अन्तिम खेलमा आज नवलपुरको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->