सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बेनीमा विद्यालयस्तरीय प्रथम म्याग्दी भलिबल कप सुरू

बेनीमा विद्यालयस्तरीय प्रथम म्याग्दी भलिबल कप सुरू


  • हरिकृष्ण गौतम
  • माघ १० २०८०, बुधबार

म्याग्दी /जिल्लाको सदरमुकाम बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा खुल्लामञ्चमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिकाबीच भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले विद्यालयस्तरमा देखिएका खेल प्रतिभाको पहिचान गरी प्रोत्साहन गर्नुपर्ने बताए ।

बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, मुख्य प्रायोजक गौमती विकास कोषका सन्दिप खत्रीले भलिबलबाट म्याग्दीलाई चिन्ने अवसर मिलेकाले प्रतिभावान खेलाडीमा लगानी गर्नुपर्नेमा जोड दिए । प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको छ ।

शिक्षकतर्फ २० र शिक्षिकातर्फ ९ वटा विद्यालय सहभागि भएका छन् । म्याग्दी जिल्लाको विद्यालयस्तरमा रहेका भलिबल खेलाडीको खेल पहिचान तथा नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउन प्रतियोगिताको आयोजना गरिएको भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

विद्यालय खेलाडी उत्पादनको नर्सरी भएकोले अब हरेक बर्ष नियमित प्रतियोगिता हुने र खेलाडीसँगै शिक्षकलाई समेत भलिबलमा आर्कषित गर्न शिक्षक बिचको खेललाई समेत सँगै लैजाने अध्यक्ष बानियाँको भनाइ छ ।

उनले जग बलियो भएपछि मात्रै घर बलिया हुन्छ भनेजस्तै हामीले पनि विद्यालयस्तरमा रहेका विद्यार्थीलाई प्रतियोगितामार्फत अन्य खेलका अवसरमा समेत जोड्ने प्रयास गरेको बताए । प्रतियोगिताको छात्रछात्रातर्फ प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

त्यस्तै शिक्षक शिक्षिकातर्फ प्रथम पुरस्कार २० हजार र द्वितीय पुरस्कार १० हजार ट्रफि, मेडल प्रमाणपत्र रहेको छ । विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय र मैत्रिपूर्ण भलिबलमा नेपाल प्रहरी र भलिबल संघलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको संघका महासचिव कुमार किसानले् बताए । यसैबीच मंगलबार सम्पन्न भएको खेलमा छात्रतर्फ म्याग्दी बहुमुखी क्याप्पस, जनकल्याण मावि पुलाचौर, महेन्द्ररत्न मावि वरंजा, ज्ञान प्रकाश मावि दाना र छात्रातर्फ बेनी सामुदायिक मावि, प्रकाश मावि (ए), म्याग्दी बहुमुखी क्याप्पस र महेन्द्र मावि झीँ दोस्रो चरणमा प्रवेश गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->