बेनी/ सशस्त्र प्रहरी क्लब सहभागी हरेक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको अग्रपंक्तिमा पर्छिन्– निरुता ठगुन्ना । सशस्त्र प्रहरी क्लबको विभागीय टोलीकी ठगुन्ना भलिबल खेलबाटै आफ्नो क्षमता, दक्षता र सम्भावनालाई बढाउन सफल भएकी उदीयमान खेलाडी हुन् ।
पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपीएफकी ठगुन्ना महिलातर्फ ठगुन्ना उत्कृष्ट घोषित भइन् । ट्रफीसहित जनही २५ हजार ५५५ रुपैयाँ नगद पाइन् । प्रतियोगितामा विभागीय टोली एपिएफबाट खेलिएको खेलमा ओपन स्पाइकर ठगुन्ना चम्किँदा उपाधि जित्न सहज भयो । हरेक खेलमा ठगुन्नाको भूमिका निर्णायक हुन्छ । उनको खेलकै कारण पछिल्लो समय आर्मीले महिला भलिबलमा गर्विलो प्रदर्शन गर्दै आएको छ । सानै उमेरदेखि विद्यालयका पुरुष सहपाठीले खेलेको देखेरे भलिबल खेलमा आकर्षित भएकी निरुता ९ कक्षा पढ्दै गर्दा ठगुन्नाले पहिलोपटक भलिबल खेल्ने अवसर पाइन् ।
विद्यालयबाट राष्ट्रपति रनिङ शिल्डमा छनौट भएपछि उनको चर्चा दार्चुलामा मात्रै सीमित भएन पूरै सुदूरपश्चिमाञ्चलमै चर्चा हुन थाल्यो । सुदूरपश्चिमाञ्चलस्तरीय प्रतियोगितामा पनि निरुताले उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय टोलीको नजरमा परिन् । पहिला त्रिभुवन आर्मी क्लवमा आवद्ध भएकी निरुता अहिले एपीएफ क्लवमा छन् । सर्भिस, ब्लक, स्पाइक तीनै कुरामा निरुता बलियो रहेकी निरुताले जस्तोसुकै बल आए पनि सट् हान्न सक्छिन् ।
अनुशासित र खेलप्रतिको सर्मपणले नै निरुतालाई यो उचाइसम्म पु¥याएको छ । भलिबल खेलमा दर्जनांै सम्मान पाएकी निरुता एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयनमा परेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डको पिपल्स च्वाइस विधामा तीन महिला खेलाडी भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठसहित पाँच जनाको मनोनयन सार्वजनिक गरेको हो ।
२० औं संस्करणमा पिपल्स च्वाइस विधाका मनोनयन सार्वजनिक गरेको थियो। यस पटक आगामी माघ २८ गते पल्सर स्पोटर्स अवार्ड २०७९ हुँदैछ । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ । काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् ।
उनले यसपटक पिपल्स च्वाइस विधामा आफूलाई भोटिङ गरी सहयोग गर्न अपिलसमेत गरेकी छन् ।





