सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८०, शनिबार

पोखरा/ १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाह्रुसँग छलफल गरेको छ ।

पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्र्रियामा सहभागीहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाएसँगै आयोजकले सहभागीहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागीलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागी गराउने भएको छ ।

पोखरा म्याराथनको तयारीबारे जानकारी गराउँदै मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले कोटा निर्धारण र संख्या निर्धारण बारे विद्यालयहरुलाई दर्तामा समस्या नहोस् भन्नका लागि महानगरको समन्वयमा अन्तक्र्रिया कार्यक्रम तय गरिएको बताए । माघ २८ गतेसम्म अन्तिम दर्ता मिति रहेको जनाउँदै उनले सबै सहभागी विद्यालयहरुले अनिवार्य रुपमा म्याराथनको पोर्टलबाट मात्रै दर्ता गर्न आग्रह गरे ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उनले विद्यालयहरुलाई आफ्नो सहभागिता समयमा गर्न आग्रह गर्दै सहभागि सबैलाई चिप्स उपलब्ध गराउने जनाए । उनले भने,‘हामी यो वर्षबाट प्रविधिलाई म्याराथनमा जोडेका छौं । यो नयाँ विषय सम्पूर्ण विद्यालयमा पुग्नका लागि समेत यो कार्यक्रम महत्वपूर्ण छ ।’ सो अवसरमा हिसान कास्कीका पुरण कुँवर, नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, पोखरा महानगर खेलकुल विकास समितिका सदस्य सचिव सुवास खड्कालगायतले पोखरा म्याराथनको तयारी र विद्यालयहरुको भूमिकाको बारेमा आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->