सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भेट्रान फुटबल : ४० वर्षमाथिको सेमीफाइनल समीकरण पुरा

भेट्रान फुटबल : ४० वर्षमाथिको सेमीफाइनल समीकरण पुरा


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८०, बिहिबार

पोखरा/ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पूरा भएको छ ।
बगर भाइखलकको आयोजनामा पोखरा १ टुँडीखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार ४० वर्षमाथिको क्वाटरफाइनल तथा ५० वर्ष माथिको एक क्वाटर र प्रिक्वाटरफाइनल खेल सम्पन्न भएको छ ।

४० वर्षमाथिको पहिलो क्वाटरफाइनल खेलमा एक्स वारियरले आयोजक बगर भाइखलकलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा १–० को अग्रता लिएको बगरले थप गरिएको अतिरिक्त तीन मिनेटमा गोल खाँदै १–१ को बराबरीमा पुगेको थियो ।

दोस्रो क्वाटरफाइनल खेलमा जोरपाटी काठमाडौंले हेटौडा भेट्रानलाई ३–० ले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । अब जोरपाटीले सेमीफाइनलमा एक्स वारियरको सामना गर्नेछ ।
तेस्रो क्वाटरफाइनल खेलमा नागस्वेती भेट्रानले थापा गाउँ भेट्रानलाई ३–२ ले पाखा लगाएको छ । अन्तिम क्वाटरफाइनल खेलमा ठमेलले चावहिल भेट्रानलाई ५–१ ले हराउँदै नागस्वेतीसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा तीन विधाका खेलहरु भइरहेको छन् । ४० वर्ष उमेर समूहमाथि, ५० वर्ष उमेर समूमाथि र ६० वर्ष उमेर समूहमाथिको खेल भइरहेको छ । बुधबार नै भएको ५० वर्षमाथिको प्रिक्वाटरफाइनलमा फ्रिडम

धोलाहिटीले कुपण्डोल भेट्रानलाई ३–० ले पाखा लगाएको छ । सोही विधाको क्वाटरफाइनल खेलमा संगम भेट्रानले हेटौडा भेट्रानलाई ४–२ ले पाखा लगायो । बिहीबार तीन क्वाटरफाइनल खेल हुनेछन् भने ४० वर्षमाथिको सेमीफाइनल खेल समेत हुनेछ । यस्तै ६० वर्षमाथिको सेमीफाइनलसमेत हुने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->