पोखरा/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पूर ा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले बताएको छ । उक्त दर्ता अनुसार पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपालबाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन् ।
मञ्चले प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ एक सय आठ जनाको सहभागिता रहेको छ । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको जानकारी दिएको छ । जस अनुसार म्यारथनमा म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५, १० किमी पुरुतर्फ ११ र महिलातर्फ ३ जना विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकहरुको सहभागिता रहनेछ । पोल्याण्डबाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता रहेको छ ।
म्याराथनको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेल तीन लाख, तेस्रोले दुई लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेलाई २० हजार नगद प्राप्त हुनेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।





