सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल नेदरल्यान्डसंग २ रनले पराजित

नेपाल नेदरल्यान्डसंग २ रनले पराजित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८०, बुधबार

काठमाण्डौं/घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले दोस्रो हार बेहोरेको छ । बुधबार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो ।
नेदरल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->