सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग

म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८०, शुक्रबार

म्याग्दी, १८ फागुन– युवापुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल कोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बुधबार सदरमुकाम बेनीमा आयोजित एक समारोहमा मोना यूकेका अध्यक्ष कुमार फगामी, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँलाई उक्त सहयोग हस्तान्तरण गरे ।
सोही अवसरमा मोना कुवेतबाट ५० हजार, भलिबल संघ कार्यसमितिको १ लाख २० हजार, मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काबाट १ लाख, प्रकाश कार्की यूएईबाट २० हजारसहयोग प्राप्त भएको छ । १ करोडको अक्षयकोषको लक्ष्य रहेकोमा हालसम्म ४६ लाख ५१ हजार ३९९ जम्मा भएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गर्बुजाले भलिबल खेललाई चलायमान बनाउन कोषले सहज हुने बताए । उनले जिल्लामा विद्यालयस्तरबाटै भलिबल खेलको प्रतिभा पहिचान गरी उचित प्रशिक्षणको सुविधा दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->